
एजेन्सी । यौन सम्पर्कका क्रममा कण्डम हटाएपछि एक व्यक्तिले बलात्कारको आरोपमा अब जेलको हावा खान सक्ने स्थिति आएको छ ।
यो घटना स्विट्जरल्याण्डको हो जहाँ एक व्यक्तिले यौन सम्पर्कका क्रममा आफ्नो साथीलाई नबताई कण्डम हटाएका थिए ।
स्विट्जरल्याण्डको लोजन क्रिमिनल कोर्टले यस्तो फैसला सुनाएको हो । कोर्टले यौन सम्पर्कका क्रममा नसोधेर कण्डम हटानुलाई बलात्कार मानिने भनेर व्याख्या गरेको छ ।
घटनामा संलग्न ४७ वर्षीय व्यक्तिलाई १२ महिनाका लागि निलम्बित गरिएको छ । तर, उनले तुरुन्तै जेल जान नपर्ने भएको छ । तर, आगामी १२ महिनासम्म उनी निगरानीमा रहने छन् । यदि यो समयावधीमा उनले कुनै अपराध गरेमा उनले १२ महिना जेलमा जान पर्ने फैसला अदालतले सुनाएको छ ।
यस घटनामा व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । तर, स्थानीय रिपोर्टका अनुसार फ्रान्समा बस्ने व्यक्ति रहेको पाइएको छ । उनी ‘डेटिङ्ग’का एक एक स्विस महिलासंग भेटिएका थिए । जून २०१५ मा दुवै जनाले आफ्नो दोस्रो ‘डेटिङ्ग’ का क्रममा कण्डम लगाएर यौन सम्बन्ध सुरु गरे तर, पछि महिलाले आफ्नो साथीले कण्डम हटाएको देखेकी थिइन् ।
कोर्टले कोर्टले भनेको छ ‘यदि महिलाले कन्डम हटाएको छ भनेर जानकारी पाएको भए यौनसम्पर्क गर्न दिँदैन थिइन् ।’ पीडित महिलाका वकिलले स्विट्जरल्याण्डमा भएको यो पहिलो घटना हो भनेका वछन् ।















प्रतिक्रिया