२९ आश्विन २०८३, बिहिबार

नक्कली भारुको कारोबार गर्ने साह प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-money

सर्लाही, २८ भदौ । भारतीय नक्कली पैसाको कारोबार गर्ने एक युवक पक्राउ परेका छन् । उनी सर्लाहीको संग्रामपुरबाट पक्राउ परेका हुन् ।

भारत बिहार राज्यको दरभंगा रेवदा ग्राम पञ्चायत निवासी २२ वर्षीय सञ्जित साहलाई १० हजार ५ सय नक्ली भारतीय रुपैयासहित प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट बरामद भएको पैसा सबै ५ सयको नोट रहेका छन् ।

शुक्रबार राति साढे ८ बजेतिर संग्रामपुर गाविसमा व्यापारीसँग नक्कली भारतीय पैसा साट्ने क्रममा उनलाई पक्राउ गरीएको हो।
पक्राउ परको साहलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप्प अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।