
काठमाडौं, २९ पुस । सर्वोच्च अदालतले कानूनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ ।
अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ ।
अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सर्वोच्चले सुनाएको छ ।
संयुक्त इजलासले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो ।
फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए । प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए ।
दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए । लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो ।
भोलिपल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी हो । सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भयो ।
शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चल्यो ।














प्रतिक्रिया