काठमाडौँ, २८ भदौ । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु संविधानसभाका अन्तर्वस्तुमा सहमति खोज्न गोदावरी पुगेका छन् ।
सर्वपक्षीय राजनीतिक सभा गर्न मञ्जुर भएकै भोलिपल्ट वैद्य माआवोवादीलाई छाडेर सत्ताको नेतृत्व गरिरहेका दुई दल कांग्रेस र एमाले प्रमुख प्रतिपक्षी दल एमाओवादीलाई लिएर त्यहाँ पुगेका हुन् ।
कांग्रेसका एक सभासद्को घरमा शीर्ष नेताहरु भेला भएको स्रोतले बताएको छ ।
त्यहाँ ती दलका नेताहरुले सर्वपक्षीय राजनीति सभालगायतका विषयमा छलफल केन्द्रित गरेका छन् ।















प्रतिक्रिया