एजेन्सी । मानिसहरु भन्छन्, ‘मानव भन्दा जनावर बफादार हुन्छन् ।’ यहि कुरालाई यथार्तमा परिणत गरिदियो ‘सेरेनो’ नामको एक घोडाले ।
घोडाका मालिक ३४ वर्षीय वाग्नर दे लिमा फिगुरेदोको मृत्यु भयो । जब मृत शरीरलाई अन्तिम संस्कारका लागि लैजाँदै गर्दा घोडा आएर आफ्नो मालिकको शरीरमा शिर राख्दै धरधरी रुन लाग्यो ।
यति मात्रै नभई घोडा आफ्नो मालिकको मृत शरीरलाई अन्तिम संस्कारको लागि नलैजाँदासम्म संगै बसिरहेको थियो । अन्तिम संस्कारको लागि लैजाँदै गर्दा पनि घोडाले आफ्नो मालिकलाई आँसुले विदाई गर्यो ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=x4lyeMAR3Qo
आवग्नरको मृत्यु नयाँ वर्षको दिन मोटरसाइकल दुर्घटनामा परी भएको थियो । दुईवटा अपरेशन गरिएपनि उनलाइ बचाउन सकिएको थिएन । आफ्नो मालिकको मृत्युले घोडा निकै दुःखी भएको छ ।
आग्नरका भाई बान्दाले बाग्नरका लागि उसको घोडा सबथोक थियो र घोडा पनि आफ्नो मालिकलाई खुबै माया गथ्र्यो । क्रियाकर्ममा आएका मानिसहरु पनि घोडाको क्रियाकलाप देखेर अचम्ममा परेका थिए ।



















प्रतिक्रिया