१ कार्तिक २०८३, शनिबार

सपनाको यौनसम्पर्क विपनामा सुनाउने शिक्षक प्रहरी हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २८ भदौ । सपनामा देखेको कुरा विपनामा सुनाउँदा एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन्। रौतहटको झुनखुनुवामा रहेको यमुनामाई उच्चमाविका विज्ञान विषय पढाउने शिक्षक जयचन्द्र यादव प्रहरी हिरासतमा पुगेका हुन्।

शिक्षक यादवले कक्षा ९ मा पढ्ने एक छात्रालाई सपनामा यौन सम्पर्क गरेको देखेको भन्दै विद्यालयमा गएर ती छात्रासँग सपनाको कुरा सुनाएपछि दुर्व्यवहार भएको दाबी सहित विद्यार्थीले ति शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

प्रहरीले दुबैपक्षसँग छलफल गरी समस्याको समाधान निकाल्ने काम गरिरहेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।