१ कार्तिक २०८३, आइतबार

ओलम्पियन फुपु पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेपाल जुडो संघले रियो ओलम्पिक– २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै महिला ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी जुडो खेलाडी फुपुल्हामु खत्रीलाई पुरस्कृत गरेको छ ।

उक्त तौलसमूहमा एक बाउट पूरा समय (४ मिनेट) टिकेर खेलेकोमा फुपुलाई नगद २५ हजार रुपैयाँबाट पुरस्कृत गरिएको हो । जुडो संघले फुपुलाई एक बाउट पूरा समय टिकेको खण्डमा २५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

ओलम्पिकको जुडोमा पूरा समय टिकेर खेल्ने फुपु पहिलो नेपाली जुडो खेलाडी हुन् । फुपुले क्युबाकी इस्पिनोसासंग पूरै अवधि टिकेर खेलेकी थिइन् । ओलम्पिकमा सहभागी हुने फुपु चौथो नेपाली जुडो खेलाडी हुन् ।

फुपुअघि ऋषिराम प्रधान, गंगाबहादुर डंगोल र देबु थापाले ओलम्पिकको विभिन्न संस्करणमा सहभागिता जनाएका थिए । रियो ओलम्पिकमा देबु प्रशिक्षकका रुपमा सहभागी भएकी थिइन् । देबुलाई १० हजार नगदबाट पुरस्कृत गरियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले फुपुलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

सोही अवसरमा भारतको केरलामा गत सेप्टेम्बरमा भएको १० औं एसियाली क्याडेट तथा १७ औं एसियाली जुनियर जुडो प्रतियोगितामा पदक जित्ने दुई महिला खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुने खेलाडीमा फुपुसहित मनीता प्रधान श्रेष्ठ छन् । फुपुले जुनियर ६३ केजीमुनि तथा मनीताले क्याडेटतर्फ ५७ केजीमुनि कांस्य जितेका थिए । दुवैलाई समान १०–१० हजार नगद प्रदान गरियो ।

प्रशिक्षक रमेश मगर र देवीका खड्का ४–४ हजार तथा व्यवस्थापक धर्मरत्न पाछै र गायत्री बस्नेत ३–३ हजारबाट पुरस्कृत भए ।