२९ आश्विन २०८३, बिहिबार

यसकारण हटाइयो एमालेका मन्त्री (मन्त्रिपरिषद्को विज्ञप्तिसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karna-thapa
थापा

नेकपा एमालेले एकाएक हटाइएका मन्त्रीमाथि संगीन आरोपहरु लगाइएको छ ।

मन्त्रालयभित्र आर्थिक चलखेल भइरहेको विषयमा व्यापक गुनासो आएपछि मन्त्री पद खोसिएको एमाले स्रोतले जनाएको छ । स्रोतका अनुसार, अमेरिकाको टेक्सासमा केही समय अघि आयोजना गरिएको नेपाल महोत्सवमा प्रमुख अतिथि बनेका उद्योग मन्त्री कर्ण थापाले सो कार्यक्रममा सहभागी हुन आफूसहित १८ जनाको भिसा आवेदन दिएका थिए । जसमध्ये नेपालस्थित अमेरिकी दुतावासले मन्त्री थापा र उनकी पत्नीलाई मात्रै भिसा दिएको थियो । बाँकी १६ जना मन्त्रालयसँग असम्बन्धित व्यक्ति थिए । तर, मन्त्रालयले भिसा दिनू भन्दै अमेरिकी दुतावासलाई भिसा नोट लेखेपछि त्यसमा आर्थिक चलखेल भएको आरोप लागेको छ । त्यतिबेला प्रत्येक व्यक्तिसँग १०–१० लाख रुपैंया उठाएर अमेरिका लैजान खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले छानबिन सुरु गरेको छ । जसका कारण थापाको एमालेभित्र निकै ठूलो गाईंगुईं चलेको बताइएको छ । तर, थापाले भने आफूलाई त्यसबारे जानकारी नभएको भन्दै पन्छदैं आएका एमाले स्रोतले बतायो ।

bhim acharya
आचार्य

यता, पर्यटन मन्त्रीबाट हटाइएका भीम आचार्यलाई भने पोखरा विमानस्थलको ठेक्का सम्बन्धी प्रकरणलाई मुख्य आरोप बनाइएको छ । आचार्य पर्यटन मन्त्री बनेको एक महिनामै यसअघि १८ अर्बमा तय भएको ठेक्का २२ अर्ब रुपैंयामा नयाँ सम्झौता गरी दिइएको थियो । जसमा पर्यटन मन्त्रालयमा चलखेल भएको र त्यसको मुख्य आरोप मन्त्री आचार्यमाथि लगाइएको थियो । तर, ठेक्का प्रकरणमा आफ्नो भन्दा पनि एमालेकै केही शीर्ष नेताले हस्तक्षेप गरेको भन्दै आचार्यले त्यसको बचाउ गर्दै आएका थिए । यस प्रकरणमा पनि अख्तियारले छानिबन थालेको थियो ।

हटाइएका र थपिएका ओली र खनालका विश्वासपात्र

संयोग पनि मान्नुपर्छ, मन्त्रीबाट हटाइएका थापा एमाले अध्यक्ष केपी शर्मा ओलीका ज्वाईं हुन् । आचार्य पनि एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालका भान्जी ज्वाईं हुन् ।

mahesh_basnet
नवनियुक्त मन्त्री बस्नेत

उद्योग मन्त्री बनेका युवा संघका अध्यक्ष महेश बस्नेत एमाले अध्यक्ष ओलीका विश्वासपात्र हुन् । ओलीलाई अध्यक्ष बनाउन महत्वपूर्ण भूमिका खेले पनि उनी आफै भने एमाले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

संस्कृति मन्त्री बनेका दीपक अमात्य भने निवर्तमान अध्यक्ष झलनाथ खनाल निकटस्थ हुन् । खनाल प्रधानमन्त्री भएका बेला अमात्य प्रमुख स्वकीय सचिव भएका थिए । दीपक एमालेका पूर्व सभासद् सुशीलचन्द्र अमात्यका छोरा पनि हुन् । मन्त्रिपरिषद्बाट मनोनित गरिएका सुशीललाई हटाएर यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सभासद् बनेका थिए । सुशीललाई श्रीलंकाको राजदूत बनाइएको थियो ।

ओलीले सल्लाह नै गरेनन्

एमाले प्रचार विभागका एक सदस्यका अनुसार, दुई मन्त्रीलाई हटाउने विषयमा शुक्रबार बिहानैदेखि गोप्य छलफल भइरहेको थियो । तर, अध्यक्ष ओलीले त्यसलाई निकै गोप्य राखेका थिए । ओलीले आफू निकटका केही नेता र वरिष्ठ नेता झलनाथ खनालसँग मात्र सल्लाह गरेर मन्त्री हटाएको प्रचार विभागका ती सदस्यले बताए ।

एमालेका पदाधिकारीहरु समेत मन्त्री हटाइएको विषयलाई अनभिज्ञता प्रकट गरिरहेका छन् । एमालेका शीर्ष नेता र पदाधिकारीहरु मोबाइल स्वीच अफ गरिबसेका छन् ।

Mantri-hataiye-PM-office