३० आश्विन २०८३, शुक्रबार

यी महिलाले आफैलाई मरेको देखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । एक पटक मरेर फेरि जिउँदो भएको हामीले फिल्महरुमा मात्रै देखेका छौं ।

तर, रुसको एक शहरमा एक यस्तै घटना घटेको छ । फागुलियू मुखमेत्ज्यानोभ नामकी महिला तब उठिन तब पुरा परिवार उनको अन्तिम संस्कारका लागि जुटिरहेका थिए ।

पति फगुली मुखमेत्ज्यानोभ आफ्नी पत्नीलाई जिउँदो भएको देखेर खुशी भएर तुरुन्तै अस्पताल लिएर गए । तर, भगवानले उनलाई लिनै चाहेको रहेछ ।

फागुलियू अस्पतालको आइसियूमा १२ मिनेट मात्रै जिवित हुन सकिन् । आफ्नो अंतिम संस्कार हुन लागेको देखेर उनलाई ठूलो धक्का लाग्यो र हृदयघात (हार्ट अट्याक) भएर उनको मृत्यु भयो ।

फागुलियू शरीरमा भइरहेको अध्यधिक दुखाईले आफ्नो घरमा लडेर बेहोस भएकी थिइन् ।

त्यसपछि उनका पतिले अस्पताल लिए तर, अस्पतालले उनलाई हृदयघात भएर मृत्यु भएको घोषणा गरिदिएका थिए । मानिस यस कुराको चमत्कार मानिरहेका छन् तर, फागुलीले अस्पतालकै लापरबाहीबाट आफ्नो पत्नीको मृत्यु भएको बताएका छन् ।