काठमाडौँ, २७ भदौ । धर्मनिरपेक्षता कि धार्मिक स्वतन्त्रता भन्ने विषयलाई लिएर एमाले भित्र भिन्न मत देखा परेको छ ।
एमाले नेता डा. मोदनाथ प्रश्रितले नेपाललाई धर्मनिपेक्ष मुलुक घोषणा गर्नु हरेक दृष्टिले घातक भएको टिप्पणी गर्नुभएको छ भने एमाले सचिव प्रदिप ज्ञवालीले त्यसको विरोध गर्नु भएको छ ।
शुक्रबार बालकुमारी ललितपुरमा माइलस्टोन प्रकाशनले आयोजना गरेको ‘नेपालमा र्धमनिरपेक्षता कि धार्मिक स्वतन्त्रता’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै प्रश्रितले पश्चिमा शक्तिहरु
धर्म प्रचारका माध्ययमबाट आफ्नो राजनीतिक वा धार्मिक प्रभाव विभिन्न कमजोर मुलुकमा जमाउन लागि परेको आरोप लगाउनुभयो ।
उहाँले त्यही रणनीतिक प्रयन्त नेपालमा पनि भइरहेको र नेपालका कम्युनिष्ट नेताहरु त्यसैको लहैलहैमा लागेको दाबी गर्नुभयो ।
‘नेपालका कम्युनिष्टहरुले उराल्ने गरेको धर्म निरपेक्षताको कुरामा आर्थिक स्वार्थ, अवसरवादी पाखण्ड एवं स्वाधीन राष्ट्रको भविष्यप्रति अन्धोपन स्पष्टरुपमा अभिव्यक्त छ,’ प्रश्रितले भन्नुभयो,’
यहाँका सत्ताधारी नेताहरुले लोकतान्त्रिक उदारताका जतिसुकै डींग हाकेपनि त्यो प्रचार सत्तानिकट कसैको सहयोग र आडभरोसा विना चलेको छैन ।’
उहाँले धर्मनिरपेक्षताका सन्र्दभमा एमाओवादीको चरित्र झन डरलाग्दो भएको आरोप लगाउनुभयो ।
‘एमाओवादीले दश वर्षे द्वन्द्व कालमा संस्कृत विश्वविद्यालयमा आगो लगाउने, संस्कृत पढाउने शिक्षकलाई रुखमा टाँगेर किला ठोकेर मार्ने , खुला ठाउँमा गाई काटेर भोजमतेर लगाउने काम ग¥यो,’ उहाँले भन्नुभयो ‘पण्डित मार्ने एमाओवादीले पछि पयिडत नारायणका छोरा दीनबन्धु पोखरेलद्धारा भागवत यज्ञ लगाएर बालाजुमा पार्टीको आयस्रोतका निम्ति भव्य अस्पताल निर्माण ग¥यो ।’
उहाँले सत्ताका लागि ग्रहगोचर हेराउँने र भैँसीको पुजा गर्ने अनि धर्मनिरपेक्षताका कुरा गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो ।
उहाँले नेपाल जस्तो धार्मिक पर्यटनको प्रसस्त संभावना भएको देशमा धर्मरिपेक्षताको कुरा गर्न घातक हुने भन्दै धार्मिक स्वतन्त्रतामा जोड दिनुभयो ।
सचिव ज्ञवालीले भने २०४७ सालको संविधानमै एमालेले धर्मरिपेक्षता हुनुपर्छ भन्ने आवाज उठाएको स्मरण गर्दै पछाडि फर्किन नसकिने बताउनुभयो ।
उहाँले राज्यको अलोकतान्त्रिक संस्कारको अन्त्य गर्न धर्मनिरपेक्षताको सन्र्दभ आएको भन्दै नेपालको सन्र्दभमा उचित भएको तर्क गर्नुभयो ।
उहाँले केही राजनीतिक दलहरुले धर्मनिरपेक्षताको विषयलाई राजनीतिक हतियार बनाउँन खोजेको भन्दै त्यसलाई तोडेर अघि बढ्ने बताउनुभयो ।
समाजका सांस्कृतिक मूल्य–मान्यतालाई जगेर्ना गर्दै अघि बढ्नु पर्ने भन्दै उहाँले धर्मनिरपेक्षताको नाममा गरिने अतिवाद पनि मान्य नहुने जिकिर गर्नुभयो ।
उहाँले संस्कृतिलाई पुँजीवादीकरण गर्ने पश्चिमाको प्रभाव नेपालमा रहेको भन्दै तयसबाट जोगिनु पर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा डा. गोविन्द थापालगायतले पनि बोल्नु भएको थियो ।















प्रतिक्रिया