५ मंसिर २०८३, शनिबार

आफ्नै सरकारविरुद्ध उत्रिए माओबादी केन्द्रका सांसद, संसदबाटै गरे विरोध

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद उमेशकुमार यादव आफ्नै सरकारविरुद्ध अभिव्यक्ति दिनुभएको छ ।

उहाँले स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनको विरोध गर्नुभएको हो ।

व्यवस्थापिका–संसद्को आज (सोमबार)को बैठकमा विशेष समयमा बोल्दै उहाँले पुनःसंरचना आयोगले गरेको कामप्रति चित्त नबुझेको बताउनुभयो । उहाँले आयोगले तराईका केही जिल्लामा गरिएको पुनःसंरचनामा आफ्नो असहमति रहेको बताउनुभयो ।

यसअघि संविधानसभा भवनभित्रै कुर्सी फोडेर चर्चामा आउनुभएका यादवले अहिले आयोगले गरेको पुनःसंरचनाको काममा हेरफेर गरिनुपर्ने माग गर्नुभएको छ ।

विशेष समयमा बोल्ने नेताहरुले अहिलेको समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए । त्यस्तै, शून्य समयमा गणेशसिंह ठगुन्ना, टीकाराम चेम्जोङ लिम्बू, तुलाराज विष्टलगायतले भाग लिएका थिए ।