काठमाडौं, २५ पुस । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हमला गरेका छन् ।
हिजो सभामुख ओनसरी घर्तीले पेलेरै संविधान संशोधन विधेयक पेश गराएकोमा संसदमा आक्रोश पोख्दै उनले विपक्षीको विरोध हुँदा हुँदै आखिर सभामुखलाई के कारणले यो स्थितीमा पुर्यायो भन्ने प्रश्न गरे ।
‘यो विधेयकमार्फत निरकुंश शैलीमा पाँच नम्बर प्रदेशलाई टुक्राउने षडयन्त्र भइरहेको छ । त्यहाँ जनता आन्दोलन गरिरहेका छन् । त्यहाँका जनताको आवाज, त्यहाँका माननीयको आवाज कुनै नसुनेर निरकुंश रुपले जसरी पाँच नम्बर प्रदेशलाई टुक्राउने षडयन्त्र भइराखेको छ त्यो षडयन्त्रमा सभामुखले पहल गर्नुहुँदैनथ्यो । किनभने महिनौदिनसम्म त सभामुखले भन्नुभाथ्यो यतिका प्रतिपक्षीले अवरोध गरेका बेलामा संसदको कारवाही अगाडि बढ्न सक्दैन् भनिरहनुभाथ्यो । आखिरी सभामुखलाई केले त्यस्तो स्थितीमा पुर्यायो । त्यसकारण जबसम्म नेपालबाट संघीयता खारेज हुन्न् । संघीयतालाई डाडो कटाइन्न् । त्यहीसम्म संघीयताका बहानामा तराईलाई पहाडबाट अलग गराएर कालान्तरमा नेपाललाई चाँहि भारतीय महाशक्तिमा सामेल गर्ने कुरा ग्राण्ड डिजाइन रुपमा यो भइराखेको छ । त्यसकारण सम्पूर्ण माननीय, प्रमुख नेताहलाई भन्छु संघीयता राष्ट्रिय एकता, जातिय सद्भावका लागि क्षेत्रीय एकता र आर्थिक रुपमा उपयुक्त छैन् ।’
केसीले नबुझीकनै सङ्घीयता ल्याइएको भन्दै विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक प्रस्तुत गरेर तराई र पहाडलाई आपसमा अलग गर्ने षड्यन्त्र भएको आरोप लगाए ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=yy8XHZHprVw













प्रतिक्रिया