
काठमाडौँ, २७ भदौ । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले पहिलो संविधानसभामा सभासदहरुले सभासदको लोगो लगाएर भत्ता मात्र खाने काम गरेको आरोप लगाउनु भएको छ ।
संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले संविधान निर्माणका लागि प्रक्रियामा नगएर सहमति खोज्न थाल्ने हो भने संविधान नबन्ने ठोकुवा गर्नुभयो ।
शुक्रबार संविधानसभा भवन नयाँवानेश्वरमा बसेको बैठकमा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बिहिबार पेश गरेको समितिको प्रतिवेदनमाथि बोल्दै केसीले इतिहास दोहोरिने भन्दै फेरि सभासदले लोगो लगाएर भत्ता खाने अवस्था आउने चेतावनी दिनुभयो ।
संविधान बनाउने हो भने प्रक्रियामा जानुको अर्को विकल्प नभएको उहाँको दाबी थियो ।
अघिल्लो ४ वर्ष पनि सभासदले लोगो लगाएर र भत्ता खाएर विताएको उल्लेख गर्दै उहाँले भन्नुभयो– अघिल्लो संविधानसभाबाट पनि संविधान बन्दैन भन्ने कसैको खुवी थिएन।
कसरी बन्छ भन्दा सहमति गरेर भन्थे। यसपालीको गृहकार्यले पनि संविधान बन्ने संकेत देखिएन ।’
अघिल्लो संविधानसभामा नेपाली जनताको खर्वौ रुपैया सकिएको स्मरण गराउँदै उहाँले विगतमा पनि संघियताको विषयले संविधान नबनेकाले संविधान बनाउने हो भने प्रक्रियामा जान सुझाव दिनुभयो ।
उहाँले प्रक्रियामा गएर संविधान जारी नगर्ने हो भने नेपाल थाइल्याण्ड बन्ने निश्चित भएको पनि दाबी गर्नुभयो ।















प्रतिक्रिया