१ कार्तिक २०८३, शनिबार

अछाममा जिप दुर्घटनामा एकको मृत्यु, चौधजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २७ भदौ । अछामको मंगलसेनबाट साँफेबगर जाँदै गरेको एउटा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

ना१ज ३०३० नम्बरको जिप बयलपाटा नजिक शुक्रबार दुर्घटना हुँदा साँफेबगर नगरपालिका–६ की १६ वर्षीया किरण ताम्राकारको मृत्यु भएको हो । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

घाइतेहरुमा बैतडी चौखामका जिप चालक केशव विष्ट, अछामका ब्रर्दादेवी गाविसका प्रकाश परियार, जोगी परियार, प्रतिभा तिरुवा, जनालीकोट गाविसकी बैजन्ती खत्री, सुनिल रेग्मी, मीनबहादुर सुनार, ब्रर्दादेवी गाविसका खिन्तु विक, कोकिला विक, दर्ना गाविसका वसुन्धरा साउद, विकास साउद, चन्द्रा साउद, तुलसी साउद र ब्रर्दादेवी गाविसका भरत परियार रहेका छन् ।

जिप मोडेको समयमा चिप्लिएर नालीमा खसेको थियो । घाइतेहरुको न्याय हेल्थ र बयरपाटा अस्पताल अछाममा उपचार भइरहेको छ ।