सरकारले प्रमुख प्रतिपक्षी एमालेसहितका नौँ विपक्षी दलको विरोधका बीच संसदमा संविधान संशोधनको विधेयक पेश गरेको छ ।
सभामुख ओनसरी घर्तीले नारावाजीका बीच संशोधन विधेयक सदनमा पेश गर्न कानूनमन्त्री अजयशंकर नायकलाई समय दिएकी थिइन् । मन्त्री नायकले पनि हतार हतारमा विधेयक बैठकमा पेश गरेका छन् ।
एमालेसहितका दलका सांसदहरूले विधेयकको विरोधमा नारावाजी गर्दै ‘राष्ट्रघाती संशोधन विधेयक’ फिर्ता गर भनेर नारावाजी समेत गरेका थिए ।
नारावाजीका बीच संसदमा विधेयक पेश भएपछि एमालेसहितका दलका नेताहरूले सरकारले पेलेर जाने नीति लिएको भन्दै आक्रोश जनाएका छन् ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=kNcJo-KgHfM













प्रतिक्रिया