५ मंसिर २०८३, शनिबार

‘कठोर’ निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदमा देखिएको गतिरोधका विषयमा आफ्ना सांसदहरूसँग छलफल गर्ने भएको छ ।

संविधान संशोधनको प्रस्ताव सदनमा आएपछि सडक र संसदमा आन्दोलन गरिरहेको एमालेले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ ।

बैठकमा अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओलीले सांसदहरूलाई समग्र मुलुकको राजनीतिक विषयमा निर्देशन दिने स्रोतले जनाएको छ । बैठकले सरकारविरुद्ध ‘कठोर’ निर्णय लिने बुझिएको छ ।

पाँच नम्बर प्रदेशबाट तराई र पहाडी जिल्ला टुक्र्याउने योजनासहित ल्याइएको संशोधन प्रस्तावलाई राष्ट्रिघाती रहेको भन्दै एमालेले विरोध गर्दै आएको छ । सो प्रस्तावलाई सदनमा पेश हुन पनि नदिने एमालेको अडान छ ।