५ मंसिर २०८३, शनिबार

एमालेको पहलमा चन्द्रागिरीमा यसरी बन्दैछ रंगशाला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले मदन स्मृति रंगशालाको शनिबार उद्घाटन गरेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अग्रसरतामा निर्माण सुरु गरिएको रंगशालाको तस्वीर अनावरण गरी अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् । चन्द्रागिरी नगरपालिकाको ठूलो ढुंगामा स्थानिय वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा रंगशाला निर्माण थालिएको हो । सुरुआतमा जग्गालाई सम्माएर मैदान बनाइएको छ ।

‘हाम्रो योजना बहुउद्देश्यीय रंगशाला निर्माण गरी हालको दशरथ रंगशालाको विकल्प दिनु हो ।’ एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले भने– ‘एकेडेमी, वन उपभोक्ता समिति र चन्द्रागिरी विकास मञ्चको संयुक्त पहलमा निर्माण कार्य सम्पन्न गर्नेछौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रंगशाला निर्माणको सुरुआत हुनु खेलकुदमा नयाँ अध्याय थपिनु भएको बताउदै सानो आकारमा निर्माण सुरु गरिएको रंगशालाले भविष्यमा ठूलो रुप लिने विश्वास व्यक्त गरे ।

उनले सबै उमेरसमूहका लागि शारीरिक र मानसिक रुपमा स्वस्थ रहन खेलकुद महत्वपूर्ण माध्यम भएको बताउदै एकेडेमीले खेलकुदको क्षेत्रमा रचनात्मक कार्य गर्दै आइरहेको धारणा व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले स्थापनाको छोटो अवधिमा एकेडेमीले खेलकुदको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउदै रंगशाला निर्माणका लागि परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।