३ कार्तिक २०८३, मंगलबार

विदेशमा पढ्ने राकेशको सपना यसरी भयो चक्कनाचुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तयारीमा रहेका एक युवकले प्राणपखेरु नै गुमाएका छन् ।

काठमाडौं महानगरपालिका–८ सृजननगर कुमारीगालमा अस्थायी बसोबास गर्दै आएका जनकपुर नगरपालिका–४ का स्थायी बासिन्दा २६ वर्षीय राकेश गिरीको छतबाट खसेर मृत्यु भएको हो । उच्च शिक्षाको सिलसिलामा विदेश जाने तयारीमा रहेका गिरी बिहीबार करिब २५ फिटको उचाइबाट खसेर गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेका उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

गिरी परिवारका एक्ला छोरा राकेशको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।