काठमाडौं, २७ भदौ । कृषि विकास बैंकले बाढी–पीडितको उद्धारका लागि १६ लाख रुपैया सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वारकोषमा उक्त रकम सहयोग गरेको हो ।
शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई बैकका अध्यक्ष प्रमोद कार्कीले उक्त रकम उल्लेखित चेक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष कार्कीले बैकले प्रधानमन्त्री कोइरालाको आहृवानलाई सम्मान गर्दै प्राकृतिक विपत्तिमा जनतालाई राहत र पुनस्थापना गर्ने कार्यमा सरकारलाई सघाउनु हरेक संस्थाहरुको कर्तब्य
भएकोले सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालक समितिको निर्णयले सो रकम प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विपद्को बेलामा सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकी सहित वरिष्ठ कर्मचारी र अन्य सञ्चालकहरुको पनि उपस्थिति थियो ।














प्रतिक्रिया