२९ आश्विन २०८३, बिहिबार

उच्च शिक्षाको अध्ययनका लागि विदेश जाने तयारीमा रहेका राकेशको छतबाट खसेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aerial-view-of-Dharhara-02_20120821080727

काठमाडौँ, २७ भदौ । काठमाडौं महानगरपालिका–८ सृजननगर कुमारीगालमा अस्थायी बसोबास गर्दै आएका जनकपुर नगरपालिका–४ का स्थायी बासिन्दा २६ वर्षीय राकेश गिरीको छतबाट खसेर मृत्यु भएको छ ।

उच्च शिक्षाको सिलसिलामा विदेश जाने तयारीमा रहेका गिरी गएराति करिब २५ फिटको उचाइबाट खसेर गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेका उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

गिरी परिवारका एक्ला छोरा राकेशको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । रासस