३ कार्तिक २०८३, मंगलबार

हरेक एक लाखमा झण्डै २५ जना नेपालीले आत्महत्या गर्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-sucide

काठमाडौं, २७ भदौ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांकले नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा देखाएको छ ।

विश्वमा हुने आत्महत्या सम्बन्धी पहिलो विस्तृत अध्यनन प्रतिवेदन तयार पारेको विश्व स्वास्थ्य संगठनले जेनेभामा एक कार्यक्रमबीच उक्त प्रतिवेदन सार्वजनिक गरेको छ

उक्त प्रतिवेदनमा पछिल्लो एक दशकमा विश्वका १ सय ७२ देशको आत्महत्याको तथ्याङ्क उल्लेख छ ।

तथ्यांक अनुसार नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । हरेक वर्ष विश्वमा ८ लाखले आत्महत्या गर्ने गरेका छन् ।

तथ्यांककै अनुसार भारतमा मात्रै एकै वर्ष २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरेका छन् ।

तथ्याकंले ७० वर्ष कटेका र पुरुषले बढी मात्रामा आत्महत्या गरेको देखाएको छ ।
विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकले विश्वमा आत्महत्याका कारण मर्ने मानिसको संख्या द्वन्द्व र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेको भन्दा बढी देखाएको छ ।

सन् २०२० सम्ममा हरेक मूलुकमा आत्महत्याको दर १० प्रतिशतले घटाउने लक्ष्य प्रस्तुत गरेको छ ।

तथ्यांकमा आत्महत्याको दर गरीब देशमा भन्दा धनी देशहरुमा बढी रहेको उल्लेख छ ।

आठौं स्थानमा रहेको नेपालमा प्रति एक लाख मानिसमा आत्महत्याको दर २४.९ छ । अर्थात् हरेक एक लाखमा झण्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार सन् २०१२ मा नेपालमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिलाको संख्या २४ सय ६८ र पुरुषको संख्या ३१ सय ४ रहेको छ ।
नेपालमा सन् २००० देखि २०१२ सम्मको अवधिमा उमेर मानक आत्महत्याको दर भने घटेको पाइएको छ । सन् २००० मा प्रतिलाख ३३.५ रहेको दर सन् २०१२ मा २४.९ रहेको छ ।