२८ आश्विन २०८३, बुधबार

मलेसियामा बुद्ध जयन्तीको व्यापक तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

buddha

मलेसिया । मलेसियाको राजधानी क्वालालम्पुरमा यस वर्ष विभिन्न नेपाली संघ सस्थाले वुद्ध जयन्ती मनाउने भएका छन् ।

२५५८औ वुद्ध जयन्तीलाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र एनआरएन मलेसियाले भिन्नाभिन्नै रुपमा मनाउन लागेका हुन । महासंघले मलेसियाका ३ शहरमा विभिन्न कार्यक्रम गरेर वुद्ध जयन्ती मनाउन लागेको हो भने एनआरएनले साँझ वे्रकफिल्डको वुद्ध विहारबाट र्‍याली निकालेर क्वालालम्पुरका विभीन्न भाग परिक्रमा गर्ने भएको छ ।

महासंघका जिवन देवान गाउँलेले दिएको जानकारी अनुसार मे १३ मा क्वालालम्पुरको श्रम साप्ताहिक हलमा विषेश कार्यक्रम गर्ने र पुजाआजा समेत गरिने भएको छ भने अन्य शहर पेनाङ्ग र जोहरमा समेत पुजाआजा हुने भएको छ । यता एनआरएनले भने वुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश वोकेका प्लेकार्डसहित र्‍यालीमा प्रर्दशन गर्ने भएको छ ।