१ कार्तिक २०८३, आइतबार

फाल्गुनन्द गोल्डकपः ताप्लेजुङ फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २२ पुस । डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शुक्रवार फिदिम माध्यमिक विद्यालयको रातोधुले खेल मैदानमा भएको प्रतियोगितामा ताप्लेजुङले एलेभेन एरोज क्लव सुनसरीलाई १–० गोल अन्तरले पराजित गरेका छ ।

संघर्षपूर्ण खेलमा ताप्लेजुङका लागि पहिलो हाफको ३० औँ मिनेटमा सेगुनले निर्णायक गोल गरे । अधिकांश समय ताप्लेजुङविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि सुनसरीले गोल गर्न भने सकेन् ।

सुनसरीले पाएका गोल गर्ने झण्डैँ एक दर्जन अवसरलाई सदुपयोग गर्न सकेन् । पहिलो हाफबाट अग्रता लिन सफल ताप्लेजुङ दोश्रो हाफमा थप रक्षात्मक बन्यो र विपक्षीलाई गोल गर्नबाट रोक्यो । दर्शकहरुलाई मनोरञ्जन दिलाउदै मन लाई चिउ चिउ बनाएका थिए ।

अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा कठिन जीत निकालेको ताप्लेजुङ अव उपाधिका लागि विर्ता युनाइटेड क्लव झापासँग आईतवार धूलो उडाउंदै रातो मैदानमा भिडन्त हूदै छ ।

विष्णु सुनुवार, हेम गुरुङ, विजय धिमाल, निरञ्जन खड्का, दीपक राई, हेमन्त थापा मगर, सेगुन, खमिर गिल्सन लिम्बू जस्ता खेलाडीहरुलाई टिममा सहभागी बनाउन सफल डिफेन्डिङ च्याम्पियन ताप्लेजुङले शुक्रवारको खेलमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन् ।

पूर्ण चेम्जोङ, जीवन धामी, निशान लिम्बू, सामसिङ, उच्छे, सौजन्य तामाङ, छिरिङ गुरुङ जस्ता खेलाडीका साथ पहिलो पटक प्रतियोगितामा भाग लिएका सुनसरी भने सेमिफाइनलबाट बाहिरिन बाध्य बन्यो ।

कयौँ पटकका प्रहार, पटक–पटकका फ्रि किक र कर्नरलाई गोलमा परिणत गर्न नसक्नु नै सुनसरीको दुभाग्र्य बन्यो ।

शुक्रवारको खेलको म्यान अफ दि म्याच एलेभेन एरोज सुनसरीका सौजन्य राई घोषित भए ।

अब आइतवार ताप्लेजुङ र झापावीच उपाधिका लागि भिडन्त हुनेछ । विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् ।

फोटोः रविन्द्र काफलेबाट ।