काठमाडौं, २२ पुस । सुरक्षा निकायले राजनीतिक मौका कुर्दा कुर्दै सर्वस्वसहित जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन ।
सर्वोच्च अदालत फैसला कार्यान्यवयन निर्देशनालयले गृह मन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ यस्तो आएको छ । ढुंगेल फरार नै छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
ओखलढुंगाका ब्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रसाशनले फरार भने पनि सर्वसाधारणले उनलाई सार्वजनिक ठाउँमै देख्ने गरेका छन् ।














प्रतिक्रिया