काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले गैरआवासीय नेपालीहरुको सहयोगमा अनिश खालिङ राई बचाउ अभियानका लागि गैरआवासीय नेपाली संघको सचिवलायको खातामा जम्मा भएको अन्तिम सहयोग रकम अनिश खालिङ बचाउ समितिलाई हस्तान्तरण गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष घलेले १६ लाख ९३ हजार ४ सय ८४ रुपैयाँ बचाउ समितिका सहसंयोजक सुजनकुमार खालि¨लाई हस्तान्तरण गरे ।
कोषमा वाम्वेले राई समाज यूके, राष्ट्रिय समन्वय परिषद्हरु क्याम्वोडिया, अष्ट्रेलिया, लेवनान, स्वेडेन, ओमान, कतार, वाहराइन, वेल्जियम, क्यानडा र स्विजरल्याण्ड गरी कुल १७ लाख ३५ हजार ६ सय ३७ रुपैया“ जम्मा गरेका थिए । यसमध्ये वाम्वेले राई समाजले जम्मा गरेको रकम पहिले नै समितिलाई हस्तान्तरण गरिएको थियो ।
संघका अध्यक्ष घलेले रकम संकलन कार्य उत्साहजनक रुपवाट सम्पन्न भए पनि अनिशलाई जेल मुक्त गर्न अझ धेरै कूटनीतिक र कानूनी प्रयास गर्न पर्ने बताए ।
अनिश खालि¨ वचाउ अभियानमा नेपाल सरकारको भूमिका अहम हुने भएकोले समितिका सदस्यहरुलाई त्यता केन्द्रीत हुन आग्रह गर्दछु’ अध्यक्ष घलेले भने–संसारभरका गैरआवासीय नेपालीहरुले संकलन गरि पठाएको रकम पारदर्शी तरिकाले सदुपयोग गर्नुहोला, हाम्रो सदैव साथ रहने छ ।’
अनिश खालिङ राई बचाउ समितिका सहसंयोजक सुजनकुमार खालि¨ले संघले यस अभियान प्रति पूराएको योगदानको प्रसंसा गर्दै सहयोग गर्ने सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई समितिको तथा अनिशको परिवारको तर्फवाट हार्दिक कृतज्ञता व्यक्त गरे ।
अभियानले सोचेभन्दा बढी रकम संकलन गर्न सफल भएको र हालसम्म करिव दुई करोड भन्दा बढी रकम संकलन भईसकेको जानकारी दिए । अभियानवाट बच्न गएको रकम यसै प्रकारका प्रकोपमा परेकाहरुको लागि प्रयोग गर्ने समितिको आशय रहेको समेत उनले बताए । नेपाल वैदिशिक रोजगार प्रर्वद्धन वोर्डले पचास हजार उनुदान दिई यस अभियानको नाममा खाता खोलिदिएको र यस अभियानवाट संकलित रकम सोहि खातामा जम्मा गरी वोर्डको सहयोगमार्फत् रकम रकमान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए । अबका दिनमा संघको सहयोग अत्यन्तै महत्वपूर्ण भएको र अनिश नेपाल नर्फकुन्जेल यस अभियानमा संलग्न रहन संघलाई उनले अनुरोध गरे ।
हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष लगायत एनसीसी डेनमार्कका अध्यक्ष दिपक सापकोटा, अनिश खालिङ राई बचाउ समितिका पदाधिकारीहरु, संचारकर्मीहरु तथा सचिवालयका कर्मचारीहरुको सहभागिता थियो ।














प्रतिक्रिया