१३ कार्तिक २०८३, शुक्रबार

नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुने भएपछि भारतले दियो यस्तो प्रतिक्रिया

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । बुधबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय पूर्वसेनाध्यक्षसमेत रहेका विदेश राज्यमन्त्री भिके सिंहले नेपालीमै भने, ‘म पनि नेपाली सेनाको पूर्वमानार्थ सेनापति हुँ, नेपाल र भारतका सेनाको सम्बन्ध विकसित र बलियो छ, हाम्रा धेरै नेपाली पेन्सनहोल्डर छन् ।’

नेपाल–चीन सैन्य अभ्यासबारे पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भारतीय स्थल सेनाले चीन, श्रीलंका, फ्रान्स, अमेरिका, नेपाल, सेसेल्स र काजकिस्तानसँग द्विपक्षीय सैन्य अभ्यास गर्दै आएको छ । भारत र चीनबीच १९ अक्टोबरमा लद्दाख तथा नोभेम्बर १७ मा पुनेमा सैन्य अभ्यास भएको थियो ।