१३ कार्तिक २०८३, शुक्रबार

खुल्ला दुध विक्री गर्न प्रतिवन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २१ पुस । पोखरावाट दुई सय किमी टाढा कपिलवस्तु, नवलपरासीलगायतका तराइका जिल्लावाट पोखरा भित्र्याएका खुल्ला दुध विक्री वितरण र आयात गर्न कास्की प्रशासनले प्रतिवन्ध लगाएको छ ।

बाहिर जिल्लावाट कानूनी प्रकृया पुरा नगरी पोखरा भित्रयाइएको महालक्ष्मी डेरी उद्योग कपिलवस्तुको नाम ठेगानामा दर्ता रहेको उद्योगले पोखराको फिर्केमा डिपो सञ्चालन गरि खुल्ला रुपमा विक्री कारोवार गरिरहेको सम्वन्धमा स्थानिय किसान तथा उपभोक्ताले कास्की प्रशासनमा उजुरी गरेपछि संयुक्त वजार अनगुमन टोली गठन गराई आइतवार अनुगमन गरेको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका वजार संरक्षण अधिकृत समेतको जिम्मेवारी वहन गरेका सहायक प्रमुख जिल्ला अधिकारी झलकप्रसाद सुवेदीको सकृयतामा तत्काल टोली गठन गरि अनुगमनमा पठाइएको थियो ।

अनुगमनका क्रममा महालक्ष्मी डेरी उद्योग कपिलवस्तुको नाममा दर्ता रहेको संस्थाले खुल्ला दुध विक्री गरिरहेको पाइएको थियो ।

उद्योगको नाममा आएको दुध खुल्ला रुपमा वेचविखन गर्नु गैह्र कानूनी कार्य हुने भन्दै अनुगमन टोलीले कानूनी प्रकृया पुरा नगरेसम्म दुध विक्री तथा आयात कार्य रोक्न डेरीका सञ्चालक स्थानेश्वर न्यौपानेलाई निर्देशन दिइएको छ ।

न्यौपानेले दैनिक ४५ सय लिटर दुध विभिन्न पसलहरु मार्फत खुल्ला विक्री गर्दै आएको स्वीकार गरेका छन् । उनले आफूलाई कानुन थाहा नभएको भन्दै पोखरा, वुटवल र काठमाडौंमा पनि तराईको दुध आयात गरेर खुल्ला रुपमा विक्री कारोवार गर्दै आएको बताएका थिए ।

संयुक्त बजार अनुगमन टोलीमा वजार निरीक्षक घरेलु कार्यालयका प्रमुख विष्णुहरी गौतम, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मोहन वहादुर थापा, गुणस्तर तथा नापतौल कार्यालय प्रमुख मनोज कुमार पोखरेल, खाद्य निरीक्षक अनिता पौडेल, जिल्ला पशु सेवा कार्यालय कास्कीका पशु चिकित्सक गणेश केसी उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, पत्रकार यदुनाथ वञ्जारा र प्रसनि जगदिश पौडेलको नेतृत्वमा खटिएको प्रहरी सुरक्षा टोली तैनाथ थियो ।

यस्तै पोखराको रामबजार कालिका चोकका वसन्त सुवेदीले पनि दाउन्नेदेवी दुध सप्लायर्स सञ्चालन गर्दै आएका छन् । उनले दाउन्न, वर्दघाटवाट दैनिक १२ देखि १५ सय लिटर दुध संकलन गरेर क्यान र ड्रममा राखेर वुटवल हुदै पोखरा सम्म ढुवानी गरेर विक्री गर्दै आएका छन् ।

जैविक सुरक्षा र सावधानी समेत नअपनाइकन २ सय किमि परवाट आयात गरिएको दुध पोखरेली उपभोक्ताले उपभोग गरिरहेका छन् । खाद्य निरीक्षक अनिता पौडेल त्यसरी असुरक्षित ढंगले दुध ओसार पसार र विक्री वितरण गर्न नमिल्ने वताउँछिन् । उनले समग्र अगनुमन गरि नियमन गर्न जरुरी रहेको बताइन् ।