२९ आश्विन २०८३, बिहिबार

मन्त्रीपरिषदले स्वीकृत गरे धुलिखेलमा आइटी पार्कः पौडेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subishu-can-saftake

काठमाडौं, २६ भदौ ।बिहीबार राजधानीमा सुबिसु क्यान सफ्टेक–२०१४ को उदघाटन गर्ने क्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले आगामी असोज एक गते सूचना–प्रविधि पार्क सञ्चालनको प्रस्ताव मन्त्रीपरिषदमा पठाउने बताउनु भएको छ ।

उहाँले कार्यक्रममा बोल्दै काभ्रेको धुलिखेलमा आइटी पार्कका लागि पूर्वाधार तयार भइसकेको समेत जानकारी दिनुभयो ।

मन्त्रीपरिषदले स्वीकृत गरे एक वर्षभित्र पार्क सञ्चालनमा आउने उहाँको दाबी छ ।

आइटी पार्क सञ्चालनमा आए सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थपिने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सभामुख सुवाषचन्द्र नेम्बाङले मुलुकको विकासका लागि सूचना प्रविधि अत्यावश्यक भएको भन्दै आइटीका माध्यमबाट विकासको गतिमा लम्किन छिमेकी देश भारत र चीनबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा ज्ञान र सीपमा आधारित उद्योगको ठूलो सम्भावना रहेको भन्दै उहाँले सूचना प्रविधि नै ज्ञान र प्रविधिको मूख्य आधार भएको प्रष्ट पार्नुभयो ।

बिहीबारदेखि सुरु भएको सुबिसु क्यान सफ्टेक मेला शनिबारसम्म चल्ने छ ।

मेलामा सूचना प्रविधिसँग आधारित १ सय ४२ वटा स्टलहरु छन् ।

मेलामा कम्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टीभाइरस, अस्पताल व्यवस्थापन लगायतका सफट्वेरहरु प्रदर्शनीमा राखिएको छ ।