३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री कोइरालाका भाईले पत्रकारलाई ज्यान मार्ने धम्की दिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kishwor-shrestha

काठमाडौँ, २६ भदौ । पत्रकार किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की आएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाका भाई डा. अरुण कोइरालाले जनआस्था साप्ताहिकका सम्पादक समेत रहनु भएका श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

कांग्रेस बाँकेका सभापति समेत रहेका कोइरालाले श्रेष्ठलाई ९८४८०४३००१ नम्बरको मोबाइलबाट टेलिफोन गरी जनआस्था साप्ताहिकमा प्रधानमन्त्री कोइरालाबारे छापिएको समाचारलाई लिएर धम्की दिएका हुन् ।

पत्रकार श्रेष्ठका अनुसार कोइरालाले अमेरिकी पत्रकारलाई इराकी विद्रोहीले मारेर ठिक गरेका रहेछन् भन्दै नेपालका पत्रकारलाई पनि त्यसै गर्न जरुरी रहेको भन्दै घुमौरो पाराबाट ज्यान मार्ने धम्की दिएका हुन् ।

‘प्रधानमन्त्रीको भाई बोलेको भन्दै उनले देखाइदिन्छु भन्दै धम्क्याए’, श्रेष्ठले भन्नुभयो,’ कोइरालाले यहाँ उल्लेख गर्न नमिल्ने शब्द प्रयोग गरेर गाली गरे ।’

जनआस्थाको बुधबारको अंकमा ‘बाँकेलाई प्रमले यसरी बोका बनाए्’, शीर्षकमा समाचार छापिएको थियो ।

श्रेष्ठले समाचारमा चित्त नबुझे खण्डनका लागि आग्रह गर्ने वा कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु निन्दनीय भएको बताउनुभयो ।