३० आश्विन २०८३, शुक्रबार

कारागारबाट भागेपछि सेल्फी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रियो । ब्राजिलको उत्तरी सहर मनाअसमा कारागारमा भएको झडपका क्रममा जेलबाट भागेका एक कैदीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जेलबाट बाहिर भाग्दै गरेका ती कैदीले फेसबुकमा तस्बिर पोस्ट गरेका छन् । ब्रायन ब्रेमेर नाम गरेका ती कैदीले एक अर्का भगौडासँगै सेल्फी खिचेर फेसबुकमा पोस्ट गरेका हुन् । उनको पछि अर्का भगौडा पनि देखिएका छन् । प्रहरीले ब्रेमेरका साथीलाई भने पुनः पक्राउ गरिसकिएको जनाएको छ ।

मनाअमा भएको भिडन्तपछि जेलब्रेक गरेर दर्जनौं कैदी भाग्न सफल भएका छन् । पहिलो जेल फोडेर ७२ जना कैदी भाग्न सफल भएका थिए । त्यसको केही घन्टापछि अर्को जेल पनि फोडेर १ सय १२ जना भाग्न सफल भएका थिए । सोही जेलमा भएको भिडन्तमा ५६ जना मारिएका हुन् ।

जेलबाट भागेका ब्रेमेर जेलमै रहेको समयमा पनि कैदीहरुलाई इन्टरनेट चलाउन प्रतिबन्धका बाबजुद सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने गरेको बताइएको छ । तर उनले जेलबाट भागेर पोस्ट गरेको सेल्फी भने भाइरल बनेको छ । – एजेन्सी