२९ आश्विन २०८३, बिहिबार

नेविसंघको महाधिवेशन आउँन तीन दिन मात्र बाँकी छँदा, जिल्ला–जिल्लामा भाँडभैलौ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisangha-eakiमहेन्द्रनगर, २६ भदौ । आठ वर्षपछि हुन लागेको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आउँन तीन दिन मात्र बाँकी रहेका बेला विभिन्न जिल्लामा भने प्रतिनिधि चयनको विषयमा चरम विवाद भएको छ ।

महेन्द्रनगरमा जिल्ला अधिवेशनमा प्रतिनिधि चयनका विषयमा विवाद उब्जिएपछि असन्तुष्ट विद्यार्थीले तोडफोड गरेका छन् ।

संस्थापन र देउवा पक्षीय विद्यार्थीबीच प्रतिनिधि चयनमा विवाद भएको हो ।

त्यही विषयलाई निहुँ बनाएर असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालयमा रहेका कुर्सी, टेबललगायतका सामानमा तोडफोड गरेका छन् ।

सिद्धनाथ बहुमुखी क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पसमा इकाई समिति गठन नगरी प्रतिनिधि चयन गरिएको भन्दै विवाद उब्जिएपछि त्यसले झगडाको रुप लिएको थियो ।

कांग्रेसको एकीकरणपछि पनि संयुक्त कमिटी बन्न नसकेपछि गत महिना संघका केन्द्रीय प्रतिनिधिले दुबै समिति विघटन गरी अच्युतराज कलौनीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

संघले यही भदौ २९ गते महाधिवेशन गर्ने भने पनि अहिलेसम्म चितवन, स्याङ्जा, रौतहट, बारा, मकवानपूर, धनुषा लगायतका जिल्लामा विवादका कारण अधिवेशन हुन सकेको छैन ।

केन्द्रीय क्याम्पस किर्तिपुर, त्रिचन्द्र, बाल्मिकी, अमृत साइन्स, पद्मकन्या, नेपाल कमर्स क्याम्पस मिनभवन लगायतका क्याम्पसको पनि अधिवेशन भएको छैन ।

आठ वर्षपछि हुन लागेको उक्त महाधिवेशनबाट संघले एक अध्यक्ष, पाँच उपाध्यक्ष, दुई महामन्त्री, पाँच सह–महामन्त्री, एक कोषाध्यक्ष सहित १ सय १ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ तयारी गरेको छ ।