काठमाडौँ, २६ भदौ । सर्वपक्षीय राजनीतिक सभाको मिति तय गर्न नेपाली कांग्रेस, एमाले , एमाओवादी र नेकपा–माओवादीका शीर्ष नेता असफल भएका छन् ।
बिहीबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा सभाको मिति तथा कार्यविधिबारे छलफल भएपनि उक्त विषयमा कुनै पनि सहमति हुन नसकेको हो ।
ती दलले सहमति जुटाउन नसकेपछि राजनीतिकसभाको मितिबारे सहमति खोज्ने जिम्मा कार्यदललाई नै दिएका छन् ।
कार्यदलले तीन दिन लामो छलफल गर्दा पनि सहमति गर्न नसकेपछि शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।
















प्रतिक्रिया