३ कार्तिक २०८३, मंगलबार

सर्वपक्षीय राजनीतिक सम्मेलनको मोडालिटी तय गर्न बालुवाटारमा बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dal

काठमाडौँ, २६ भदौ । सर्वपक्षीय राजनीतिक सम्मेलनको मोडालिटी, त्यसको मिति र प्रक्रियाका बारेमा छलफल गर्न प्रमुख पाँच दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

संविधानसभा बाहिरको नेकपा–माओवादीसहितको उक्त बैठकले ठोस निष्कर्ष निकाल्ने बैठकमा सहभागी नेताहरुले जनाएका छन् ।

दलहरुबीच सर्वपक्षीय राजनीतिक सम्मेलन बोलाउने सहमति भए पनि त्यसमा कुन–कुन पार्टी रहने, के विषयमा छलफल गर्ने र त्यसको बैधानिकता के हुने भन्ने बारेमा सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री सुशील कोइराला असोज ३ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएकाले त्यसअघिनै सम्मेलन आयोजना गर्नुपर्ने पक्षमा कांग्रेस एमाले छन् ।
एमाओवादी र नेकपा–माओवादी भने चरणवद्ध छलफलको पक्षमा छन् ।