रत्ननगर (चितवन), २६ भदौ । चितवनको दारेचोक–३ कुरिनटारमा आज बिहान भएको सवारी दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरुको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इलामबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७१३७ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको र अहिले उद्धारकार्य जारी रहेको छ ।
घटनाको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया