४ मंसिर २०८३, शुक्रबार

एमालेसहित ९ विपक्षी दलले तय गरे जनप्रदर्शनका १२ वटा नारा, संशोधनविरुद्ध पुस २२ गते घन्काउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा (एमाले) सहितका विपक्षी ९ राजनीतिक दलले यही पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनको नाराहरु घोषणा गरेको छ ।

सोमबार एमाले मुख्यालय धुम्बाराही पार्टी सचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको मूल व्यवस्थापन उपसमितिको बैठकले जनप्रदर्शनको तयारीका लागि ‘राष्ट्रघात, विखण्डन र जनविरोधी संशोधनका विरुद्ध राष्ट्रिय एकता ! संविधान कार्यान्वयन र निर्वाचनका लागि हाम्रो प्रतिवद्धता!’ भन्ने मूल नारा तय गरेको हो ।

बैठकले पुस २२ गतेको जनप्रदर्शनका लागि अन्य आधिकारिक नाराहरु तय गरेको एमाले प्रवक्ता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकले पुस २२ गतेका लागि पार्टीका सबै प्रकारका संगठनहरुले यही नारालाई आधिकारिक नारा बनाएर ब्यानरहरु बनाउन समेत निर्देशन दिएको छ ।

नारा निम्नप्रकारका छन्: 

(१) संविधान संशोधन विधेयक खारेज गर,
निर्वाचनको मिति घोषणा गर !

(२) संविधानमाथिको प्रतिघात,
संशोधनमार्फत् राष्ट्रघात !

(३) विखण्डनवाद मूर्दावाद,
जनताको एकता जिन्दावाद !

(४) तराई–पहाड एउटै ज्यान
नेपाली हाम्रो पहिचान !

(५) राष्ट्रिय स्वाभीमान–जिन्दावाद,
लम्पसारवाद – मूर्दावाद !

(६) वाह्य हस्तक्षेप बन्द गर !

(७) के शहर के गाउ,
राष्ट्रिय शक्ति एकै ठाउ !

(८) सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद !

(९) हत्या हिंसा आतंक बन्द गर,
शान्ति सुरक्षा कायम गर !

(१०) हिमाल पहाड तराई– कोही छैन पराई !

(११) आदरणीय शहीदहरु –अमर रहून् !