४ मंसिर २०८३, शुक्रबार

साफ महिला च्याम्पियनसिपः नेपाल भारतसँग ३-१ ले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । चौथो साफ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै पहिलोपटक सेमिफाइनलबाटै बाहिरिएको छ ।

सोमबार भारतले आफ्नो घरेलु मैदान सिलिगुडीस्थित कञ्चनजंगा स्टेडियममा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गर्यो ।

खेलमा भारतकी कमलादेवीले ४४ औं मिनेटमा गोल गर्दै खाता खोलेकी थिइन् । त्यसलाई दोब्बर पार्दै खेलको ५९ औं मिनेटमा भारतकी इन्दूमतिले दोस्रो गोल गरिन् ।

भारतको पोष्टमा बल पुगाएर पनि थुप्रै मौका गुमाएको नेपालले ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्कायो ।

खेलको अन्तिममा फेरि भारतका तर्फबाट सस्मिता मल्लिकले तेस्रो गोल गरेपछि नेपालको ३–१ को हार भयो । भारतसँगको नेपालको यो हार सातौैं पटकको हो ।