४ मंसिर २०८३, शुक्रबार

संसदमा पेलेर जान खोजे प्रतिकार हुन्छ: नेता खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १८ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसदमा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताउनुभएको छ ।

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा आज एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘‘५ नं प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसदमा छलफल र पारित गर्न दिने छैनौँ । आन्दोलनको आवाज नसुने अहिले सरकारमा रहेका दल आगामी निर्वाचनमा बत्ती बालेर खोज्नुपर्ने हुन सक्छ ।’’

नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला प्रचार विभागका प्रमुख श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संविधानको प्रतिकूल हुने गरी संविधान संशोधन आएकाले सञ्चारमाध्यमले तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । रासस