२८ आश्विन २०८३, बुधबार

९७ प्रतिशत नेपाली मुटु रोगको जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mutu Hartकाठमाडौं, २६ भदौ । आगामी विश्व मुटू रोग दिवसको दिन मानसिक तनाव, अस्वास्थ्यकर जीवनशैली, शहरीकरण मा रमेका सहरिया युवाहरुमा मुटू रोगको जोखिम लगायतका अन्य समस्याहरु वारे वैज्ञानिक जानकारी पाइने छ । अगामी शनिवार देखी उपत्यकामा भएका पाच हजार स्वस्थ युवाको निःशुल्क मुटू परिक्षण सुरु हुने छ ।

नेपाल हृदयाघात सचेतना केन्द्र द्वारा ११ दिन सम्म चल्ने यो परिक्षणले सहभागीलाई आफनो मुटू को स्थिति को जानकारी संगै शहरिया युवाहरुमा हृदयाघातको जोखिमको कारकहरु के के हुन आदि वारे समेत थाहा पाइने छ । यस अन्तर्गत प्रति व्यक्ति करिव दुइ हजार पाच सय रुपिया बरावरको निःशुल्क परिक्षण गरिने केन्द्रले जनाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘यो हाल सम्म मुलुकमा शहरी युवाहरुको मुटू स्वास्थ्य वारे गरिएको सवै भन्दा ठुलो अध्ययन हो,’ अध्ययनको प्रमुख अनुसन्धानकर्ता रहेका मुटू रोग विशेषज्ञ डा.ओममुर्ति अनिल भन्छन, ‘यो शिविरवाट आउने तथ्याङ्कको परिणामले आम व्यक्तिमा जनचेतना फैलाउने, युवालाई मुटू रोगवाट जोगाउनुको साथै यो रोगवाट हुने पारिवारिक आर्थिक, समाजिक क्षतिलाई न्युनिकरण गर्ने छ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद ९एनएचआरसी०वाट स्विकृत प्राप्त यो अनुसन्धानले सरकारलाई यसको रोकथामको लागि नीति, योजना तथा कार्यक्रम निर्माण गर्न समेत सघाउने दाबी डा।ओमको छ ।

यो अध्ययन हाल सम्म मुटूको समस्याको लागि डाक्टर संग नजचाएका स्वस्थ युवामा गरिने छ । अध्ययनले शहरिया युवाहरुको मुटू रोग सम्वन्धि जोखिम को कारम तत्वको पहिचान गर्न सघाउछ । डा.ओमको दाबी अनुसार भारतमा समेत शहरी युवा लाई लक्षित गरेर यस्तो अध्ययन गरिएको छैन ।

‘हाम्रो अध्ययन १८ वर्ष माथिका, मुटू रोग नलागेका र मुटू रोगको जाच नगराएका युवामा लक्षित छु, डा.ओम भन्छन, ‘अध्ययनमा समावेस उपत्यकाका युवाहरु हरेक क्षेत्र, वर्ग , समुह, जातजाती, आर्थिक स्थिति, शैक्षिक, पेशागत समुह लाई प्रतिनिधित्व गर्ने खालका हुने छन ।’

एनएचआरसी द्वारा गरिएको स्टेप्स सर्वेक्षण २०१३  अनुसार मुलुकको ९६.६ प्रतिसत जनसंख्यामा मुटू रोगको कुनै न कुनै जोखिम रहेको औल्याउदै डा.ओम भन्छन, ‘करिव ४३ प्रतिसत नेपालीले अझै रक्तचाप जचाएका छैनन भने ९० प्रतिसत भन्दा बढी उच्च रक्तचाप भएकाहरुले औषधि सेवन गरेका छैनन ।’

डा.ओमको अनुसार वर्तमान अध्ययनले विना कुनै खर्च आफनो मुटूको स्थिति थाहा पाउन सकिन्छ भने यसले मुलुकको स्वस्थ युवामा हृदयाघात र मुटू रोगको जोखिम, स्थिति, कारक तत्वहर आदि वारे जानकारी प्राप्त भएर यसले नेपालीलाइ थप स्वस्थ राख्न सघाउँछ ।