४ मंसिर २०८३, शुक्रबार

एमालेसहितका दलहरूद्वारा सदन अबरोध, आजै चार बजे पुनः बने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख विपक्षी दल एमालेसहितका नौ राजनीतिक दलहरूको अबरोधका कारण संसदको आजको बैठक पनि स्थगित भएको छ ।

संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै एमालेसहित नौ दलका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर बस्न नमानेपछि सभामुखले अपरान्ह चार बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् । संसदको बैठक आजै चार बजे पुनः बस्नेछ ।

पाँच नम्बर प्रदेशबाट तराई र पहाडी जिल्ला छुट्याउने निर्णय भएको विरोधमा एमालेसहितका दलहरूले सदन अबरोध गर्दै आएका छन् ।