काठमाडौं, २५ भदौ । बुधबार नेप्सेमा निक्कै उतार–चढाब देखिएको छ । शुरुमा १७ अंकले बढेर ९३७ पुगेको नेप्से बजार बन्द हुँदा ९ अंकले घटेर ९१०मा झ¥यो ।
दिउसो १२ः२५ मा नेप्से १३ अंकले बढेर परिसूचक ९ सय ३३ अंकमा पुगेको थियो ।
हरेक दिन नेप्सेमा १२ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्छ ।
मंगलबार नेप्से ४४.५० अंकले बढेको थियो । त्यसअघिका दुई सता नेप्से निरन्तर घटेको थियो ।
बुधरबार बजार बढ्न थालेपछि ब्रोकरहरुले ठुला लगानीकर्तासँग मिलेर नियोजितरुपमा घटाएको नियामक निकाय र साना लगानीकर्ताले आरोप लगाएका छन् ।
बुधबार १ सय ४१ कम्पनीका ८ लाख ५२ हजार कित्ता सेयर ४६ करोड रुपैयाँमा कारोबार भयो ।
बुधबार बैंकिङ समूहको सूचक १२ अंकले घट्यो ।
यो समूहको मात्रै २८ करोड ९२ लाख रुपैयाको कारोबार भयो ।
त्यसैगरी जलविद्युत समूहको ७५ अंकले, बीमा समूहको २५ अंकले, उत्पादनमूलक क्षेत्रको सूचक १३ अंकले, विकास बैंक समूहको ०.९४ अंकले घटेको छ ।
त्यसैगरी होटल समूहको सूचक ३ अंकले बढेको छ भने वित्त कम्पनी समूहको ३ अंकले र अन्य समूहको ५ अंकले बढेको छ ।













प्रतिक्रिया