३ कार्तिक २०८३, मंगलबार

कान्तिपुरका प्रकाशक बयानका लागि इजलासमा उभिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprim-courtकाठमाडौं, २५ भदौ । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया र सम्पादक सुधीर शर्मालगायत चार जना कान्तिपुरकर्मीको बयान बिहीबारदेखि सुरु हुने भएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार अदालतको अवहेलनासम्बन्धी मुद्दामा बयानका लागि अदालत पुगेका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, कान्तिपुर सम्पादक सुधीर शर्मा र संवाददाता घनश्याम खड्कालाई बिहीबारदेखि नै इजलासमा बयानका लागि उभ्याइने भएको हो ।

सर्वोच्च अदालतले केही दिनअघि कान्तिपुर पब्लिकेसन्सको नाममा अदालतमै हाजिर भएर बयान दिन पत्र पठाएको थियो।
्
कान्तिपुरविरुद्ध दायर अवहेलनाका दुई मुद्दामा पब्लिकेसन्सका प्रकाशक, सम्पादक, स्तम्भकार र संवाददातालाई सात दिन भित्र इजलासमा उपस्थित हुन अदालतले आदेश गरेको थियो।

बुधबार दिउँसो कान्तिपुरकर्मी सहरजिष्ट्रार नहकुल सुवेदीको कार्यालयमा निवेदन दर्ता गरेका थिए।