काठमाडौं, २५ भदौ । एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले राजीनामा दिनुभएको छ ।
एमाओवादी काठमाडौं जिल्ला समितिका अध्यक्ष समेत रहन्भएका शर्माले बुधबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटी राजीनामा बुझाउनुभएको हो ।
गत चैत्रमा भएको अखिल क्रान्तिकारीको महाधिवेशनमा जाग्रित रायमाझी र रमेश मल्लबीच नेतृत्व विवाद भएपछि पार्टीले शर्मालाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।
‘
शर्माको राजिनामासँगै अब पार्टी नेतृत्वका सामू सहमति गरेर नयाँ अध्यक्ष चयन गर्ने वा राष्ट्रिय सम्मेलन गर्ने दुई विकल्प देखा परेको छ ।















प्रतिक्रिया