काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेशी मोर्चाका शीर्ष नेताहरुले भेट गर्नुभएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु हुनुहुन्छ ।
छलफल अहिले पनि जारी छ ।
















प्रतिक्रिया