३० आश्विन २०८३, शुक्रबार

गर्भवती महिलाको पेटबाट बच्चा चोर्न खोज्दा…

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्राजिल । ब्राजिलमा हालै एक निःसन्तान दम्पतीले एउटी गर्भवती महिलालाई अपहरण गरेर उनको पेटबाट बच्चा चोर्ने प्रयास गरेका छन् ।

आफूहरुबाट बच्चा नजन्मेपछि विक्षिप्त बन्दै आएका ती निःसन्तान दम्पतीले बच्चाका लागि सो काम गरेका हुन् । सो जोडीले बच्चा प्राप्ति गर्ने उनीहरुको प्रयास भने सफल हुन सकेन ।

बच्चा चोर्न उनीहरूले ती गर्भवती महिलाको चक्कुले पेट चिरेका थिए । पेट चिर्दा गर्भवती महिला र उनको पेटमा रहेको बच्चाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

प्रहरीका अनुसार २१ वर्षीया थाइना दा पिन्टो र उनका श्रीमान फाबियो लुइज लिमाले दुई साताअघि २२ वर्षीया गर्भवती रायन्नी क्रिस्टिनी कोस्टालाई बच्चाकै लागि अपहरण गरेका थिए ।

अपहरण गरेर उनीहरुले आफ्नो घरमा लगेका थिए । त्यसपछि बगैंचामा लगी बच्चा निकाल्ने प्रयास गरेका थिए । कोस्टा र उनको बच्चाको शव दुई दिनअघि आरोपित दम्पतीको रियो दि जेनेरियोमा रहेको घरको बगैंचामा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

पिन्टो र लिमाको तीन वर्षअघि विवाह भएको थियो । पिन्टाको गर्भाशयमा रहेको सिस्टका कारण डाक्टरहरुले उनको गर्भ रहन नसक्ने बताएका थिए ।

यसबाट विक्षिप्त बनेपनि पिन्टोले आफ्नो फुकेको पेटको फोटो फेसबुकमा पोष्ट गरेर आफू गर्भवती भएको दावी गर्दै आएकी थिइन् ।

रियोका प्रहरी प्रमुख एलेन सोउटोले निःसन्तान दम्पतीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । उनले घटनास्थलमा एउटा चक्कु भेटिएको र धेरैवटा कोठामा रगत लागेको पाइएको बताए । – एजेन्सी