
रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्षको हत्या भएको दुई साता नहुँदै बाँकेमा आज बेलुकी युवा संघका अर्का नेताको पनि हत्या प्रयास भएको छ । बाँकेको कोहलपुरमा अज्ञात समूहले युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्लाका इन्चार्ज सन्तोष बुढाथोकीको हत्या प्रयास भएको हो । आक्रमणकारीले घाँटीमा धारिलो हतियार प्रहार गरेका कारण बुढाथोकीको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ ।
उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ । तर, चिकित्सकहरु नेपालगन्जमा उपचार हुन नसक्ने भनेपछि राजधानी ल्याउनका लागि हेलिकप्टरको खोजी भइरहेको छ ।















प्रतिक्रिया