१ कार्तिक २०८३, आइतबार

चुनाव र महाधिवेशनमा कस्सियो राप्रपा, धुम्बाराहीमा बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा जारी बैठकमा संविधान संशोधन, निर्वाचन, पार्टी संगठन, महाधिवेशनलगायतका विषयमा छलफल भइरहेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । ‘महाधिवेशन पनि आउँदैछ’, उनले भने, ‘त्यसका साथै समग्र राजनीतिक विषयमा छलफल हुँदैछ ।’

दुई राप्रपा एकीकरण भएपछि संगठन सुदृढीकरणमा रहेका शीर्ष नेताहरूले निर्वान गराउन माग गर्दै आएका छन् ।

राप्रपा स्थानीय निकायको चुनावका साथै संसद र प्रदेशको चुनावका पक्षमा जोडदार धारणा राख्दै आएको छ ।