३ कार्तिक २०८३, मंगलबार

पञ्चायतकालिन प्रधानमन्त्री कीर्तिनिधिले किन गरे ज्ञानेन्द्रलाई बेवास्ता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

9527529491_09db7f23fe_oकाठमाडौं, २५ भदौ । पछिल्लो समय निक्कै सक्रिय बनेका पूर्व राजा ज्ञानेन्द्र शाहले पञ्चायतकालिन मन्त्रीहरुसँग गत शनिबार गोप्य भेटवार्ता गरेका थिए ।

उक्त गोप्य भेटवार्तामा पूर्वराजाले पञ्चायतकालीन पृष्ठभूमिका ४ पूर्वप्रधानमन्त्रीसँग भेट गर्ने योजना बनाएका थिए ।

सोही योजना अनुसार उनले नागार्जुनमा दिवाभोजसहितको गोप्य भेटमा पूर्वप्रधानमन्त्रीहरु तुलसी गिरी, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई वोलाएका थिए ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीसँग पछिल्लो समय जनता केही निरास रहेको अवसरलाई उपयोग गर्ने उद्देश्यले सक्रिय बनेका राजको आग्रहलाई पूर्व पञ्चायतकालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टले भने अस्वीकार गरेका थिए ।

विष्ट नेपालका राजनीतिक दलसँग मात्र होइन अहिले पछिल्लो समय पूर्वराजासँग पनि त्यति सन्तुष्ट छैनन् ।

आफ्नो कार्यकालमा राष्ट्रियता बचाउँनका लागि निक्कै ठूलो प्रयास गरेको दाबी गर्ने विष्ट पछिल्लो समय आफु रोगले थलिदाँसमेत कसैले पनि चासो नदेखाएको भन्दै रुष्ट बनेका छन् ।

लामो समयदेखि विभिन्न रोगले थलिएका विष्टसँग यस विषयमा दैनिक नेपालले कुराकानी गर्न खोज्दा उहाँले बोल्न मान्नु भएन । ‘म विरामी छु, केही बोल्न सक्ने अवस्थामा छैन, कृपया अहिले केही कुरा नगरौँ,’ उहाँले यति गरेर फोन राख्नुभयो  ।