३० आश्विन २०८३, शुक्रबार

पैसा खर्च गर्ने ठाउँनै छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

काठमाडौं, २५ भदौ । सोमबार सकिएको नाडा अटोमोबाइल्समा सहभागी वाणिज्य बैंक अटो कर्जामा ग्राहक तानन चर्को प्रतिस्पर्धामा उत्रिए ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट गत महिना २० अर्व निक्षेप संकलन गर्ने प्रस्ताव माग्दा ३५ अर्वको आवेदन पर्‍यो यसमा बैंकले १ प्रतिशतभन्दा कम व्याजदर पाउँछन् ।

९१ दिनको ऋणपत्रको व्याजदर अहिले ०.०१७ प्रतिशत छ ।

यी तीन उदाहरणले बैंक तथा वित्तीय संस्थामा देखिएको आर्थिक तरलताले निकास खोजिरहेको प्रमाणित हुन्छ ।

पछिल्लो एक वर्षदेखि अधिक तरलताको समस्या भोग्दै आएका बैंक तथा वित्तीय संस्थाले अझै पनि अधिक तरलताको समस्याबाट पार नपाउने बैंकहरुबीच अटो लोन दिन ग्राहक तान्न भएको प्रतिस्पर्धा र ट्रेजरी बिल्सको व्याजदरले पुष्टि गर्ने छ ।

तत्कालका लागि बैंकिङ क्षेत्रबाट २० अर्ब रुपैयाँ राष्ट्र बैंकमा गए पनि अधिक तरलता रकम केही घटेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

तर, राष्ट्र बैंकमा राखेको निक्षेपबाट प्राप्त हुने व्याजदरले बैंकहरुले निक्षेपकर्तालाई तिर्न पुग्ने व्याजदर पनि प्राप्त हुँदैन ।