काठमाडौँ, २४ भदौ । सिन्धुपाल्चोकको पहिरो अवलोकन गर्न गएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको यात्रा शुभ रहेन । महिना दिनदेखि पहिरोको पीडामा बसेका सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पुगेका गृहमन्त्री गौतम आफै घाइते भएर फर्किएका छन् ।
पहिरो पीडितलाई सरकारले नहेरेको गुनासो बढेपछि सिन्धुपाल्चोकको जुरेको पहिरो निरीक्षण गर्न जाँदा मंगलबार लडेर गौतमको खुट्टामा पाँच वटा टाँका लगाउनु परेको छ ।
पहिरो निरीक्षण गरेर फर्किने क्रममा ओरालोबाटोबाट चिप्लिएर लडेका गौतमको दाहिने खुट्टामा चोट लागेको छ । घाउमामा पाँचवटा टाँका लगाइएको छ । ’
गौतम घाइते भएपछि सुरक्षाकर्मीहरुले तत्काल उठाएर सिन्धु सदाबहार अस्पताल पुर्याएका थिए । प्रायः हेलिकप्टरमा हिँडेन गृहमन्त्री गौतम जुरेको पहिरो निरीक्षण गर्न भने गाडीमै पुगेका थिए ।
गौतमको पाइन्ट पूरै च्यातिएपछि सुरक्षाकर्मीले खाडीचौरमा किनेर लगेको हाफ् पाइन्ट लगाएर गौतम राजधानी फर्किएका छन् ।

















प्रतिक्रिया