काठमाडौँ, २४ भदौ । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम लडेर घाइते हुनुभएको छ ।
उहाँ सिन्धुपाल्चोकको जुरेको पहिरो निरीक्षण गर्न जाँदा मंगलबार घाइते हुनुभएको हो ।
गृहमन्त्री गौतम पहिरो निरीक्षण गरेर फर्किने क्रममा ओरालोबाटोमा चिप्लिएर लड्नु भएको उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले दैनीक नेपाललाई जानकारी दिनुभयो ।
‘उहाँको दाहिने खुट्टामा समान्य चोट लागेको छ,’ सुवेदीले भन्नुभयो, ‘उहाँलाई पाँच टाँका लगाएको छ । ’
गौतम घाइते भएपछि रक्षाकर्मीहरुले तत्काल उठाएर सिन्धु सदाबहार अस्पताल पुर्याएका थिए ।
उपचारपछि उहाँ काठमाडौं फर्किने क्रममा दोलालघाटमा हुनुहुन्छ ।
गृहमन्त्री गौतम जुरेको पहिरो निरीक्षण गर्न गाडीमा जानुभएको थियो ।
उहाँ पहिरो पीडितहरुको गुनासो सुनेपछि पहिरो निरीक्षणमा जानुभएको थियो ।















प्रतिक्रिया